भारतीय मिडियामा झूटको खेति


आँफुलाई फाइदा हुन सक्ने कुनै पनि बिबादास्पद अन्तर्राष्ट्रिय मुद्दा हरुमा सत्य, तथ्य र छिनोफानोको बेवास्ता गर्दै एकपक्षीय ढंगबाट वकालत गर्ने भारतीय संचार माध्यम हरुको रवैया पुरानै हो। यो प्रबृत्ति बाट संसारको दोश्रो ठुलो चलचित्र बजार-- बलिवुड समेत अछुतो छैन। उनीहरु आफ्नो फराकिलो कभरेजको फाइदा उठाउंदै कहिले काँही गलत तथा पुष्टि नभैसकेको तथ्य लाई समेत प्रतिस्थापन गर्न खोजेको देखिन्छ। जी टिभी को टेली शृंखला बुद्ध मा उनको को जन्मथलो नेपाल नभएर भारत हो भनेर 'झुटो बास्तबिकता' स्थापना गर्न खोजिएको थियो। यो घटना लाई भारतीय संचार माध्यमहरुले आफ्नो हितको लागि गर्ने 'मेडिया प्रोपोगान्डा' को अर्को एउटा कडी मान्न सकिन्छ।

बुद्ध भारत मा जन्मेका हुन् भनेर सर्ब प्रथम सन् २००८ मा भारतीय मूलका अमेरिकी नागरिक तथा सीएनएन का पत्रकार फरीद जाकारिया ले उनको किताब 'पोस्ट अमेरिकन वर्ल्ड' मा लेखेका थिए। धेरै अनुशन्धानकर्ता र विद्वान हरुले उनीहरुको स्वतन्त्र खोज द्वारा पुष्टि भैसकेको तथा युनेस्को, बिबिसी, र ब्रिटानिका विश्वकोष जस्तो अधिकारिक निकायहरुको पेज मा समेत बुद्ध नेपालको कपिलबस्तु मा जन्मेका हुन् भन्ने उल्लेख छ। पत्रकार जाकारिया ले २० अगस्ट २००८ मा आफ्नो सीएनएन र टाइम का कोलम मा अमेरिकामा बन्दुक माथिको प्रतिबन्ध सम्बन्धि लेख, न्यु योर्कर का पत्रकार जिल लेपोरे को लेख संग हु-बहु मेल खाएका कारण 'प्लेजिएरिज्म' को आरोप लगाएर एक हप्ता सम्म निलम्बन मा परेका थिए। यो घटना भुलबस भएको भन्दै जाकारिया ले क्षमायाचना गरेपछि उनलाई पुनर्स्थापन गरिएको थियो।

जब बुद्ध भारतमा होइन नेपाल मा जन्मेका हुन् भन्ने आवाज सामाजिक संजाल हरु मार्फत उठ्न थाल्यो, भारतको टिभी टिभी च्यानल जी ले बुद्ध भारतमै जन्मेका हुन् भन्ने जानकारी राखिएको ५२ भाग लामो टेली शृंखला तयार गर्यो। टेली सिरियल बुद्ध का निर्माता बिके मोदीका अनुसार पछिल्ला ३० वर्ष हरुमा गरिएको अनुसन्धान का उपलब्धि हरुलाई समेट्दै तयार पारिएको हो। उक्त सिरियल का एक कलाकार किरण बेदी ले त 'बुद्ध भारत मा जन्मिएका हुन्। बुद्ध धर्म भारतको सबैभन्दा ठुलो निर्यात हो' समेत भन्न भ्याए। उनको भनाई को नेपाली समाजमा चौतर्फी बिरोध हुन थाले पछि जी टिभी ले आफ्नो वेबसाइट मा भारत शब्द लाई हटाएर नेपाल राखेको थियो। बुद्ध टेली शृंखला लाई नेपाल का केवल अपरेटर हरुले नेपालमा प्रसारण गर्न समेत रोक लगाए पछि भने जी टिभी ले बुद्ध भारत मा जन्मेको भन्ने भ्रामक तथ्य संसोधन गरेको छ।

सन् १९४० मा पाकिस्तान स्वतन्त्र भएपनि टुक्रिएर अलग भएको राज्य प्रति भारतीय संचार माध्यम कहिल्यै पनि सकारात्मक हुन सकेन। पत्र पत्रिका, टेलिभिजन लगाएत बलिवुड सिनेमा मा समेत पाकिस्तान र मुस्लिम बिरोधी समाचार, बक्तब्य र सम्बाद आउन थाल्यो। छिमेकी राष्ट्रको यस्तो रवैया का कारण पाकिस्तान सरकारले सन् १९६५ मा केहि भारतीय संचार माध्यम र बलिवुड चलचित्र लाई समेत आफ्नो देशमा प्रशारण हुन बाट रोक लगायो। चलचित्रमा लागेको रोक भने सन् २००८ मा फुकुवा गरियो। बलिवुड को माया नगरीमा पाकिस्तान बिरोधि पटकथा, सम्बाद, र दृश्य राखेमा आम दर्शकहरु माझ चलचित्रलाई भावनात्मक रुपमा समर्थन मिल्ने, अझ लोकप्रिय हुने अर्थात् बढी ब्यापार गर्ने प्राय निर्माता हरुको बुझाई रहेको छ।  

पाकिस्तानमा लागेको रोक हटे पनि बलिवुडमा आफ्नो मुस्लिम छिमेकी राष्ट्र बिरोधि चलचित्र बन्न छोडेको छैन। मुम्बई को प्राय जसो चलचित्रमा खराब चरित्र अर्थात् भिलेन को रोल मा कि मुस्लिम या पाकिस्तानी लाई नै देखाइएको हुन्छ। देश भक्त र बहादुर भनेका भारतीय मात्र हुन्; पाकिस्तानी हरु त आफ्नै देश लाई समेत गद्दार गर्ने खालका हुन्छन् भेनेर देखाइएको हुन्छ। केहि बलिवुड चलचित्र: एजेन्ट बिनोद, एल ओ सी कारगिल, हिन्दुस्तान कि कसम लगाएत यो लिस्ट मा अट्ने थुप्रै चलचित्र हरु छन्। बलिवुड मा देखाइने अर्को बिषयबस्तु कास्मिर पनि हो। चलचित्रमा कश्मिर देखाउंदा जहिले पनि उक्त ठाउँमा मुस्लिम उग्रबादी र पाकिस्तानी हरु मिलेर सामान्य जनता हरुलाई दुख दिएको मारेको लगाएत का दृश्य हरु देखाइएको हुन्छ। र अन्तिम मा भारतीय बलवान, सुपर हिरो, वा सेना ले सबैलाई सहायेता गरेको देखाइन्छ।

येहाँ कुरा बुद्ध, पाकिस्तान, कारगिल, कश्मिर, र दशगजाको मात्र होइन, शक्तिशाली राष्ट्रले कसरी आफ्नो संचार माध्यम प्रयोग गरेर झूटो तथ्य लाई समेत आफ्नो पक्ष मा पर्न तल्लिन रहिरहन्छन भन्ने हो। उनीहरु संग अवस्य नै ठुलो श्रोत, बजार उत्तिकै शक्तिशाली संचार मध्यम छ। ठुलो कभरेज भएको उनीहरुको मेडियामा कालो लाई सेतो, होइन लाई हो, नराम्रो लाई राम्रो र अर्काको लाई आफ्नो को रुपमा प्रमाणित गर्न सजिलो छ। तेसैले हाम्रो देशमा प्रशारण हुने पाकिस्तान, मुस्लिम, कास्मिर, र द्रविड बिरोधि सिनेमा वा टेली सिरियल मा ताली पद्काइरहँदा ख्याल गरौँ--भोलि तेही टिभी र चलचित्र मा बुद्ध भारत मा जन्मेको लगाएतका दृश्य हरु फेरि पनि आउन सक्छन्। चुपचाप लागेर ताली पड्काएको भए आधा विश्वमा बुद्ध जन्मस्थल को बारेमा गलत सूचना जान्थ्यो, तर रोकियो।


ताली को साथ साथै आवाज पनि चर्को हुनु जरुरी छ।


         

 

No comments:

Post a Comment

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...