मुर्तिको होइन- कर्मको पूजा गरौँ


निर्माण, कला र कालिगढ़ीका देवता बिश्वकर्माको अशोज १ गते करिब देश भरिका कलकारखाना, उद्योग र ब्यबसायहरुमा पूजा गरिरहँदा उनैका जीवित सन्तान हरुलाई भने पाखा लगाइएको छ। सबैखाले कला, शिल्प र कालिगढ़ीका देवताका रुपमा मानिएका बिश्वकर्मा को नाममा आजकै दिन बिशेस गरि औद्धोगिक घराना, कलाकार, कालिगढ़, बुनकरहरुले आफ्नो मेसिन, औजार र उपकरणहरुको पूजा गर्ने प्रचलन रहिआएको छ।तिनै बिश्वकर्मा का सन्तति हरुलाई उनीहरुको कामकै आधारमा घृणा गरिनु पक्कै पनि बिश्वकर्मा, अनि कला, शिल्प, कलिगढ़ी, र सहि मानेमा काम गरेर खाने कर्मवीर हरुको अपमान हो।   

हरेक बर्ष अशोज १ गते अर्थात् सेप्टम्बर १७ का दिन भारतमा कन्या संक्रान्तिको दिन र बिश्वकर्मा जयन्ति को रुपमा पनि मनाईन्छ। यसै दिन आजका बिश्वकर्माका पुर्खाले हलो को आविस्कार गरेर मानव जाति लाई उपहारको रुपमा दिएको पनि आख्यान पाइन्छ। कृषि र ब्यापारलाई प्रतिनिधित्व गर्ने हलो को आविस्कार संगै प्राचिन भारतीय उपमहादिपमा सभ्यताको विकासमा पनि टेवा पुगेको मानिन्छ।  उक्त आविस्कार संगै तत्कालिन प्राचिन मानव समाज स्थानीय भीड़ संस्कृति बाट सार्वभौमिक मानवीय संस्कृति तर्फ विकास हुँदै गरेको आख्यान हरुमा पाइन्छ। उक्त दिन अर्थात् अशोज १ मा नेपाल र भारतमा बिशेस गरि आसाम, पश्चिम बङ्गाल, राजस्थान, उत्तराखण्ड, मणिपुर र देहरादुन मा बढी मनाउने गरिन्छ।

ऋग बेद अनुसार विश्वकर्मालाई 'सबको कर्ता', 'सबको निर्माता', 'सबैको पुरा गर्नेवाला', तथा 'निर्माणका देवता' रुपमा लिईएको छ। उपनिषद् अनुसार बिश्वकर्मा लाई ब्रह्माण्ड को प्रमुख वाश्तुकार (Principal Architect of the Universe ) रुपमा चित्रण गरिएको छ। विश्वकर्मा, जसलाई दिव्य वाश्तुकार का रुपमा पनि लिईन्छ, उनले सत्य युग मा देवता हरुको लागि स्वर्गको डिजाइन र निर्माण, त्रेता युगमा भगवान महादेव र पार्वती को लागि सुन को लंका (जुन पछि रावण को हात परेको थियो) को निर्माण, र द्वापर युगमा कृष्ण को राजधानी द्वारका नगरीको निर्माण गरेको पुराण हरुमा उल्लेख छ।

बिश्वकर्मा सम्बन्धि सबै पौराणिक आख्यानहरुका अनुसार उनि कला, शिल्प, निर्माण र आविस्कार का प्रतिक हुन्। उनको पूजा गर्नु भनेको काम गर्ने कर्मवीर हरुको सम्मान गर्नु हो। अर्को शब्दमा समाजमा आविस्कार, अन्वेषण, कला, कालिगढ़ी र निर्माणलाई उच्च स्थान र सम्मान दिनु हो। जुन मानब समाजले उसको उत्पत्ति र बिकाशको चरणहरु बाट देखि नै आविस्कार र निर्माण गर्ने हरुलाई सम्मान दिएको छ, त्यो समुदाय नै आज बिकाश मा सबैभन्दा अगाडी छ।
युरोपमा कांसको युग(Bronze Age) तिर निर्माण गरिएका हतियार हरु 
प्राचिन ढुंगे युग को समाप्ति पछि जब कांसको युग (bronze age ) शुरु भयो, मानब समुदायमा धातु बाट औजार, भाँडाहरु र हतियार बनाउने एक प्रकारको स्पर्धा नै चल्यो। बिशेस गरि युरोपमा शिल्पी, कालिगढ़ र अविस्कारक हरुले उक्त समयमा पत्ता लागेको धातु: तामा र यसको मिश्रण कांस बाट विभिन्न थरि कामलाग्ने उपकरण हरु निर्माण गरे। कांसको युग पछि शुरु भएको फलामको युगमा पनि त्यहि समाज शक्तिशाली बन्यो जसले कांस भन्दा बलियो फलाम बाट हतियार हरु निर्माण गरे र आविस्कार गर्न नसक्ने समाज लाई पराजित गरे। फलामे युग मा ब्रिटेन, स्क्यानडीनेविया,जर्मनी, प्राचिन रोम र केहि मात्रामा भारत मा पनि त्यो बेला पत्ता लागेको कडा धातु--फलाम बाट हतियार र औजार हरु निर्माण भए।

सन् १७६० पछि औजारहरु मा द्रुत आविस्कार हुँदै ब्रिटेन बाट औधोगिक क्रान्ति शुरु भयो जस्मा मेशिन हरुको निर्माण ले गर्दा उत्पदान प्रणालीमा नै परिवर्तन ल्यायो। फलस्वरूप सामाजिक, आर्थिक र राजनीतिक प्रणाली मा समेत तिब्र परिवर्तन र बिकाश भयो। औधोगिक क्रान्ति ब्रिटेन बाट फैलिंदै केहि दशक भित्रै पश्चिम युरोप हुँदै अमेरिका पुग्यो। तेसैले युरोप र अमेरिका आविस्कार, प्रबिधि र उत्पादन मा अग्रणी हुँदै बिकशित मुलुक को कोटी मा पुगे।
ब्रिटेन को औधोगिक क्रान्ति 
सन् १७६० पछि औजारहरु मा द्रुत आविस्कार हुँदै ब्रिटेन बाट औधोगिक क्रान्ति शुरु भयो जस्मा मेशिन हरुको निर्माण ले गर्दा उत्पदान प्रणालीमा नै परिवर्तन ल्यायो। फलस्वरूप सामाजिक, आर्थिक र राजनीतिक प्रणाली मा समेत तिब्र परिवर्तन र बिकाश भयो। औधोगिक क्रान्ति ब्रिटेन बाट फैलिंदै केहि दशक भित्रै पश्चिम युरोप हुँदै अमेरिका पुग्यो। तेसैले युरोप र अमेरिका आविस्कार, प्रबिधि र उत्पादन मा अग्रणी हुँदै बिकशित मुलुक को कोटी मा पुगे।

जब पश्चिमा राष्ट्र हरुमा तिब्र रुपमा आविस्कार, निर्माण, र उत्पादनको होड चलेको थियो, भारतीय उपमहादिप मा भने तिनै कर्मवीर हरुलाई समाज मा तल्लो स्थानमा स्थानान्तरण गरियो। प्रबिधि, आविस्कार र निर्माण मा भन्दा पनि धर्मको आधार मा समाज लाई आगाडी बढाउन खोजियो। धर्मको आधार मा टिकेको राज्य हरुमा पक्कै पनि प्रबिधि र बिज्ञानले स्थान पाउँदैन। हुन त पश्चिम मा पनि सर आइज्याक न्युटन, ग्यालिलियो र सुकरात हरुलाई पनि चर्च ले हस्तक्षेप नगरेको भने होइन, तर आविस्कार, बिज्ञान , र औजार बिकास मा चर्चको हस्तक्षेप न्यून रह्यो। भारतीय उपमहादिपमा भने अविस्कारक, कालिगढ़, कलाकार, बुनकर  र अन्य औजार चलाउने हरु माथि मन्दिरको हस्तक्षेप सबैभन्दा बढी रह्यो। जसमा हतियार बनाउने, आविस्कार गर्ने, निर्माण गर्ने कला थियो, उनीहरु जहिले पनि समाजको तल्लो दर्जा को नागरिक बनाइयो। 
    
पछि नेपालमा हिन्दु धर्मको आगमन संगै नेपालका अविस्कारक, कलाकार, बुनकर हरुको पनि उही हविगत रह्यो। आफुँ संग भएको कला र प्रबिधि को कारण उनीहरु कहिलेइ पनि राम्रो अनुभव गर्न सकेनन्। तेसैले गर्दा समाज मा आविस्कार, औजारको विकास मा ठुलो धक्का लाग्यो। समाजलाई तेही मध्ययुगिन पछौटेपन ले शासन गर्यो, अन्धकार ले शासन गर्यो। राम्रा मूर्तिकार का हात काटिए, राम्रो गाउने गाइने र मगन्ते भए, संगीतकार हरु दमाई भए, हतियार तथा औजार निर्माण गर्ने हरु कामी भए। सच्चा काम को कहिलेइ प्रशंसा भएन। भयो त केवल आलंकारिक रुपमा। 'सिम्बोल' मा मात्र कर्म को पूजा भयो।
फोर्ड मोटर को प्रोडक्सन एसेम्बली लाइन 
येदि साँचो अर्थमा कर्म को पूजा भएको भए फोर्ड मोटर, टोयोटा मोटर, जनरल इलेक्ट्रोनिक्स, र फोक्स्वागन को दाँजोमा पुग्न नसकेता पनि नेपालका प्राचिन बैज्ञानिक, कालिगढ़ हरुले टाटा कम्पनि जत्तिको प्रबिधि नेपालमै बिकाश गर्न सक्ने थिए। आज देशमा एउटा सियो पनि विदेश बाट आयात गर्नु पर्ने बाध्यता येसैले गर्दा भएको हो।         

तेसैले बिश्वकर्मा पूजा को संस्कृति पनि सच्चा काम गर्ने कर्मवीर हरुलाई नजर अन्दाज गर्दै काम, निर्माण र कालिगढ़ी को सांकेतिक रुपमा मात्र पूजा गर्नु हो। देश निर्माण गर्न दार्शनिक, चिन्तक र युगपुरुषको जति आवस्यकता छ त्यति नै बिकाश निर्माण गर्ने कालिगढ़ र अविस्कारक हरुको छ। तेसैले कर्मलाई सांकेतिक रुपमा मात्र पुज्ने र कर्मभीरु हरु भन्दा धर्मभिरु हरु हाबी भए सम्म समाज कहिलेइ पनि उन्नति तिर जाँदैन। बिश्वकर्मा पूजा गर्ने सबैलाई चेतना होस्।          



No comments:

Post a Comment

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...