समय संगै सिनेमा को प्रबिधि, उत्पादन प्रक्रिया र गुण समेत मा परिवर्तन आएको छ। उहिले उहिले दर्शक हरु सिनेमा खोज्दै हल सम्म पुग्थे। तर आजकल उच्च प्रबिधिका दृश्य उपकरण हरु मानिस हरुको हात मा छ। तेसैले सिनेमा हरु आजकल दर्शक खोज्दै घरघर मा पुग्छन्।
म सानो छँदा सिनेमा भने पछी हुरुक्कै हुन्थें। करिब आठ वर्षको हुँदा छिमेकी को घरमा टिभी हेरेको सम्झना छ। शनिबारको दिन, दिउँसो २ बजे, श्याम श्वेत टेलिभिजन, अनि त्यो पनि छिमेकीको घरमा। भिड हरु माझ म पनि एउटा दर्शक थिएँ, सिनेमा हेर्ने। देव आनन्द को हरेराम हरेकृष्ण आइरहेको थियो। उकुस मुकुस भिडबाट सानो कांचको पर्दामा मैले चिहाईरहँदा सपना झैं लाग्ने दृश्यावलीमा एउटा पात्र, देव आनन्द मलाई खुब मन पर्यो। पहिलो पटक मलाई सिनेमा का ति मान्छे हरु सबै कुरा जाँदा रहेछन जस्तै लाग्यो। नाच्ने, गाउने, दयालु पनि उस्तै, माया गर्न पनि जान्ने, अनि घरि घरि भने मान्छे कुट्न पनि उत्तिकै खप्पिस ! यस्ता अचम्म का मान्छे को रुपमा देव आनन्द को श्याम श्वेत तस्बिर मेरो दिमाग मा खुब घुमिरह्यो।
म सानो छँदा सिनेमा भने पछी हुरुक्कै हुन्थें। करिब आठ वर्षको हुँदा छिमेकी को घरमा टिभी हेरेको सम्झना छ। शनिबारको दिन, दिउँसो २ बजे, श्याम श्वेत टेलिभिजन, अनि त्यो पनि छिमेकीको घरमा। भिड हरु माझ म पनि एउटा दर्शक थिएँ, सिनेमा हेर्ने। देव आनन्द को हरेराम हरेकृष्ण आइरहेको थियो। उकुस मुकुस भिडबाट सानो कांचको पर्दामा मैले चिहाईरहँदा सपना झैं लाग्ने दृश्यावलीमा एउटा पात्र, देव आनन्द मलाई खुब मन पर्यो। पहिलो पटक मलाई सिनेमा का ति मान्छे हरु सबै कुरा जाँदा रहेछन जस्तै लाग्यो। नाच्ने, गाउने, दयालु पनि उस्तै, माया गर्न पनि जान्ने, अनि घरि घरि भने मान्छे कुट्न पनि उत्तिकै खप्पिस ! यस्ता अचम्म का मान्छे को रुपमा देव आनन्द को श्याम श्वेत तस्बिर मेरो दिमाग मा खुब घुमिरह्यो।
सिनेमा मा
घरि घरि नेपालको दृश्य पनि देखाएको तर पात्रहरु सबैले नै हिन्दि भाषा बोलेकाले सिनेमाभनेको त हिन्दिमा पो हुँदो रैछ झैँ लाग्यो।
करिब दुई बर्ष पछी चितवन को नारायणघाट शहरमा
पहिलो पटक सिनेमा हलमा साथीहरु संग टिकट काटेर सिनेमा हेरेँ। सिनेमा को नाम भने याद
भएन। तर सिनेमा को ठुलो पर्दा, ठुलो पर्दा मा देखिएका ठुला मान्छे, रंगीचंगी दुनिया, तेस्तै मन छुने
आवाज, संगीत, नाचगान हेर्दा एस्तो लाग्थ्यो मा जागी जागी सपना हेर्दै छु। अनि सपनामा आउने
जस्तो दृश्य आफ्नो अगाडी मन्चन भैरहेछ। बिशिष्ठ खालको सपना जस्तै थियो त्यो। फरक
येत्ति थियो कि राति देखिने सपना को दृश्य जागे पछी हराउन्थ्यो। सिनेमा हल को स्वप्न दुनिया भने फेरी फेरी पनि
हेर्न पाइन्थ्यो, पैसा र समय भए सम्म। म खुब दङ्ग थिएँ !
केहि समय पछी तेही सिनेमा हल मा नेपाली सिनेमा 'अन्याय' हेरें, तेस्रो
दर्जा को टिकट काटेर। जम्मा एक रुपियाँ मा पाइन्थ्यो, तर सिट भने सबै भन्दा अगाडी। तैपनि सिनेमा हेर्न पाएको मा मन भने फुरुंग हुन्थ्यो।
अन्याय हेरे पछी बल्ल
थाहा भयो, सिनेमा मा त नेपाली पात्र, परिवेश, रहन सहन, अनि नेपाली भाषा पनि हुँदो रहेछ भनेर। मलाई
सिनेमा को कथा बस्तु भन्दा पनि सिनेमा हेर्न मात्र भए पुग्थ्यो, तेसैमा आनन्द
आउंथ्यो।
त्यो बेला एक पछी अर्को गरि निकै नेपाली सिनेमा हेरेछु। माया प्रिती, साहस, बेहुली, भाग्य रेखा, सन्तान, लाहुरे, मायालु, चेलीबेटी, फेरी भेटौंला, तिलहरी सम्झना लाएक नेपाली सिनेमा थिए। त्यो समय मा फाट्ट फुट्ट
नेपाली सिनेमा रिलिज हुन्थे, तेसैले होला प्राय सिनेमा हेरिन्थ्यो
नै। 'चिनो' भने धेरै चोटी हेरें। लगभग १७ चोटी सम्म हेरेछु। नारायणघाटको गणेश हल, रु. १ मा तेस्रो दर्जा को सिट, तैपनि शनिबार त ५० पैसा मात्र। तेस्पछी भने
बलिदान हेरेको सम्झिरहन्छु।
धेरै चोटी साथीहरु संग सिनेमा हल को पर्खाल
नाघेर मध्यान्तरमा सिनेमा हल छिरिन्थ्यो। हामीहरु सिनेमा का सौखिन, तर बच्चा हरु भएको ले
होला टिकट चेक गर्ने दाइले पनि खासै वास्ता गर्दैनथे। येसरी नै २-३ दर्जन जति
सिनेमा हेरियो होला, त्यो पनि आधा
मात्र। तेसैले त्यो दौरान मा हेरेको कुनै पनि सिनेमा को नाम याद छैन, तर रमाइलो
भने खुब भयो। त्यो सिनेमा हल मा प्राय हिन्दि सिनेमा
लगाउने गर्थ्यो। तेसैले आधा हेरिएका सिनेमाहरु सबै हिन्दि थिए।
त्यसपछि ६-७ कक्षा मा पढ्दा भने सिनेमा को कथा, त्यसका पात्र हरु
बारे सम्म खयाल रहन्थ्यो। तर त्यो समयमा सिनेमा मा को हिरो छ, हिरोइन को हो, खल पात्र को छ, अनि कत्तिको फाइट
छ, तेसैको आधार मा हामीलाई सिनेमाले हल सम्म डोर्याउथ्यो। कहिले काही त
स्कुल कै ड्रेस मा, किताब भने कंडेल गाउँकी दिदि को घरमा राखेर
शारदानगरमा सिनेमा हेर्न गएको सम्झना अझै ताजा छ। राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ आदि
कलाकार को सिनेमा मा फाइट हुन्छ भनेर हामी खुब हेर्थ्यौं। कसम, सौभाग्य, सम्पत्ति आदि
नेपाली सिनेमा त्यो बेला हेरेको र मैले सम्झेको सिनेमा हुन् भने हिन्दि सिनेमा हरु
मोहरा, भाइ, खिलड़ियो का
खिलाडी लगाएत का सिनेमा को फाइट दृश्य हरु अझै ताजा छ।
गाउँघरमा कहिले काहीं टेलिभिजन स्क्रिन, भिडियो प्लेयेर, डेक र ब्याट्री भाडामा ल्याएर पनि सिनेमा हेर्ने गरिन्थ्यो। प्राय ३/४ वोटा हिन्दि सिनेमा को भिडियो क्यासेट ल्याएर एकै रातमा सबै सिनेमा हेरेर
भ्याइन्थ्यो। तेसैले होला प्राय सिनेमा को कथाहरु यादै हुदैनथे तैपनि बिहान हुँदा अनिन्द्राले आँखा मिच्दै भएनी सिनेमा
हेरेको धाक ले मन छुट्टै तरिकाले फुरुङ्ग हुन्थ्यो।
अंग्रेजी भाषा नबुझिने भएकोले होला सायद, अंग्रेजी सिनेमा मा तेती चासो हुदैनथ्यो। प्रमाणपत्र तहमा पढ्दा खेरि पहिलो चोटी
अंग्रेजी सिनेमा हेरें, त्यो पनि हिन्दि मा डब गरिएको रहेछ। अंग्रेजी सिनेमाको हिन्दि सम्बाद भएकाले होला, प्रायजसो कथा बुझिन्थ्यो। हिन्दि मा डब गरिएको अंग्रेजी सिनेमा ' द जंगल बुक '
हेरें, खुब राम्रो लाग्यो। सिनेमा को 'मौग्ली' पात्र, जनावर हरु पनि
बोल्ने अनि तेस्तै दृश्य संयोजन ले मलाई अंग्रेजी सिनेमा पक्कै राम्रो हुन्छ भन्ने
विश्वास दिलायो। केहि समय पछी 'द जुरासिक पार्क' 'गोड्जिला'
लगाएतका
अंग्रेजी सिनेमा हेरेपछि भने मलाई साँच्चै नै अंग्रेजी सिनेमा भनेका त अदभुत र
चमत्कारिक नै हुन्छन झैँ लाग्यो। हुन पनि किन नहोस्, प्राग-एतिहासिक काल का
भीमकाय र लोप भैसकेका डाइनोसौर लाई सिनेमाको पर्दा मा आँखा अगाडी झैँ देख्न पाइन्थ्यो।
सन् २०००
पछी का बलिवुड सिमेमा हरु अलि फरक शैली मा बन्न थाले छन् क्यारे, त्यो भन्दा
आगाडीको जस्तो गाउँ को परिवेश, जमिन्दार, बदला आदि बिषयबस्तु भन्दा फरक
लाग्थे। यी सिनेमा हरु अघिल्लो दशक का फर्मुला सिनेमा भन्दा बिल्कुल भिन्न शैली का
भेटिन्थे। मोहबतें, रेफ्युजी, गदर, दिल चाहता
है, कल हो ना हो, बागवान, मुन्ना भै एम.बि.बि.एस., बिर जारा, हम तुम, नो इन्ट्री, ब्ल्याक , सरकार, कभी अलबिदा
ना कहना, ओम शान्ति ओम, तारे जमिन पर, गजनी, रब ने
बनादी जोडी, फैसन र थ्री इडीयेट्स मलाई मन पर्ने सिनेमा थियो।
समय संगै सिनेमा हेर्ने स्वाद पनि बदलिएको छ। पहिला अंग्रेजी बुझिदैनथ्यो,
तेसैले
हेरिदैनथ्यो। तस्विर, चलदृश्य र द्वन्द मात्र भए पुग्थ्यो भने
आजकल कथा, पात्र, पटकथा, सिनेमाटोग्राफी, प्रस्तुतीकरण आदिमा समेत आँखा दौडन
थालेको छ। तेसैले होला, आजकल हलिवुड का सिनेमा ले बढी तान्छ। पछिल्लो समय मा आएका नेपाली सिनेमा कागबेनी, सानो संसार,
मेरो एउटा
साथी छ, फर्स्ट लव र कोही मेरो ले भने हल सम्म तान्न सफल भए। पहिला पहिला
सिनेमा को कुरा गर्दा केवल सिनेमा हेर्न पाए मात्र पुग्थ्यो भने आजकल सिनेमाको
पर्दा पछाडीका पनि थुप्रै पात्र हरुको बारेमा जानकारी राख्न मन लाग्छ। तेसैले जुन
पाए तेही सिनेमा हेर्न हल सम्म पुग्न मन लाग्दैन। पहिला तेस्को समिक्षा पढ्छु अनि
मात्र सिनेमा हेर्न हल सम्म पुग्छु।
पहिला
फाट्ट फुट्ट मात्र नेपाली वा हिन्दि सिनेमा रिलिज हुन्थे। अरु मनोरंजन को साधनहरु थिएनन्।तेसैले जेनतेन सिनेमा हल ले डोर्याउँथ्यो। सिनेमा को क्यासेट घरमा हेर्नु
भनेको सम्पन्न मान्छे हरुको मात्र पहुँच मा पर्थ्यो। तर आजकल सिनेमा हरु पनि
प्रसस्त रिलिज हुन थाले, बलिवुड, हलिवुड र कलिवुड मा पनि। पछिल्लो समय मा केहि नेपाली सिनेमाहरु बाहेक प्राय ले हल सम्म तान्न सकेकै छैन, तेसैले जुन पायो तेही सिनेमा हेर्न २ घण्टा खेर फाल्न मन लाग्दैन।
आजकल सिनेमा दर्शक पछ्याऊँदै घरसम्म--टेलिभिजनमा, हात सम्म--स्मार्ट फोन वा ट्याब्लेट सम्म पुगेका छन्। मन छुने उत्कृष्ट शैलीमा बनेको सिनेमाले मात्र दर्शक को समय पाउँछ। तेसैले कथा, पात्र, प्रबिधि र बिषयबस्तु राम्रो भएको
सिनेमा ले मात्र हल सम्म तान्ने गर्छ आजकल। नत्र भने बजार मा सस्तै मा पाइने
डिभिडी प्लेयेर, उत्तिकै मात्रामा पाइने डिभिडी चक्का हरु छन्। तेसैले हल सम्म
नतानेको तर हेर्ने पर्ने र समय काट्नु पर्ने भए मा आजकल घरमै सिनेमा हेर्न खुब मन
पर्छ।
रुप कुमार बिक, १ सेप्टेम्बर २०१३
No comments:
Post a Comment