व्यापारको प्राविधिक अवरोध (TBT ले उपभोक्ताहरूलाई स्वास्थ्य, सुरक्षा एवं सन्तुष्टि प्रदान गर्नुका साथै
निर्यातमूलक उद्योग व्यवसायीहरूलाई ठूलै चुनौती पनि दिन्छ ।
व्यापारको प्राविधिक अवरोध भनेका के हुन्?
प्रत्येक देशले आफ्ना नागरिकहरूको सुरक्षित उपभोग्य वस्तुको आपूर्ति सुनिश्चित गर्नका लागि राखिएको मागलाई सम्बोधन गरेको हुन्छ । अझ भन्नुपर्दा धेरैले मानव, जनावर र बोटबिरुवाको जीवनका साथै राष्ट्रिय सुरक्षा र वातावरणको संरक्षण गर्ने जिम्मा राज्यको हो भनेर हेर्ने गरेका छन् । विभिन्न मुलुकमा सुरक्षित उपभोग्य वस्तु र त्यसलाई संरक्षण गर्नुपर्ने आवश्यकता प्रतिको अवधारणामा तात्विक भिन्नता रहेको पाइन्छ । विभिन्न देशका सरकारले यस सम्बन्धमा लिएका नीति पनि फरक– फरक हुन्छन् । सरकारका यी भिन्न–भिन्न प्रावधानहरूमा सामञ्जस्यता ल्याउनका लागि निर्यातकर्ता र उद्योगीहरूलाई अझ कठिन र लागत वृद्धि हृने देखिएको छ । साथै स्वदेशी उद्योगीहरूको संरक्षण गर्न मापदण्ड र प्रविधिसम्बन्धी ऐन नियमहरू दुरुपयोग हुन सक्छन् । त्यसले संरक्षणवादलाई ढाकछोप गर्दछ र व्यापारमा अवरोध पु¥याउँछ ।
सिधा अर्थमा व्यापारको प्राविधिक अवरोध भनेको उत्पादनको तौल, आकार, प्याकिङ्ग, समिश्रण वा पहिचानको मापदण्ड, वाञ्छित लेवल, वस्तुका सीमितताहरू, आयात परीक्षण र प्रमाणपत्रका प्रावधानहरू नियमन गर्ने नियमहरूको संगालो हो ।
ती ऐन नियम, मापदण्ड, परीक्षण र प्रमाणपत्रका प्रावधानहरू अनावश्यक झन्झट नबनुन् भन्ने कुरा सुनिश्चित गर्न विश्व व्यापार संगठन (WTO) का सदस्य राष्ट्रहरूले व्यापारको प्राविधिक अवरोध (TBT) मा सम्झौता गरी विश्व व्यापार संगठनको मातहतमा रहन राजी भए । विश्व व्यापार संगठनको मातहतमा
व्यापारको प्राविधिक अवरोधमा सम्झौता, अन्य सम्झौताहरू ग्याट (GAT), ग्याटस्(GATS) अथवा बौद्धिक सम्पत्ति अधिकारका व्यापार सम्बन्धी पक्षहरूमा सहमति (TRIPS) कै लहरमा उभिएको छ । यो व्याक्टेरियाबाट हुने प्रदुषण, कीटनाशक औषधिको प्रयोग, अवलोकन तथा लेवलिङ् जस्ता खाद्य सुरक्षासँग सम्बन्धित स्यानिटरी तथा फाइटोस्यानिटरी मापदण्डको प्रयोग सम्बन्धी सम्झौताको निकट रहेको छ । साथै यो जीवजन्तु र बोटबिरुवाका स्वास्थ्य सम्बन्धित आयातित कीटपतङ्ग र रोगहरूसँग पनि सम्बन्धित छ ।
मानिस र विभिन्न देशहरूको विविधता र उपभोक्ता सुरक्षा सम्बन्धमा तिनीहरूका भिन्न–भिन्न अवधारणाहरूको सहमतिमा यस व्यापारको प्राविधिक अवरोध सम्झौताले सदस्य राष्ट्रहरूलाई पर्याप्त
आन्तरिक नीतिको स्वायत्तता प्रदान गर्ने वैधानिक नियमनकारी उद्देश्यहरूको खोजी गर्दछ । यसले हानीकारक ऐन नियमलाई सीमित गर्ने थुप्रै प्रावधानहरूसहित पाएको स्वायत्तताहरूको सन्तुलन गर्दछ । यसले विविधताले भरिएका विभिन्न मापदण्ड र कानुनी प्रवधानहरूको उल्झनवाट निर्यातकर्ताहरूलाई जोगाउन सरकारलाई अन्तर्राष्ट्रिय मापदण्ड प्रयोग गर्न प्रोत्साहित गर्दछ । विश्व व्यापार संगठनका अरू
सम्झौताहरूमा भएको व्यवस्था अनुरूप विश्व व्यापार संगठनको सबैभन्दा अनुकुलताको राष्ट्रको प्रावधानले विभेदलाई प्रश्रय दिँदैन र स्वदेशी उद्योगको मात्र संरक्षण गर्ने उद्देश्य लिएका व्यवस्थाहरूलाई वञ्चित गर्दछ ।
व्यापारको प्राविधिक अवरोधमा नेपालको प्रतिबद्धता
वस्तु, सेवा तथा बौद्धिक सम्पत्ति अधिकारको व्यापार नियमन गर्ने व्यवस्था बाहेक व्यापारको प्राविधिक अवरोधमा सम्झौता विश्व व्यापार संगठनको वाञ्छनिय वाध्यता हो जसलाई नेपालले अप्रिल २३, २००४ मा विश्व व्यापार संगठनको आबद्धताको समष्टिगत रूपमा अपनाएको छ । नेपालले विश्व व्यापार संगठनसँग आबद्ध हुँदाका बखत गरेको व्यापारको प्राविधिक अवरोधमा सम्झौता अन्तर्गत निम्न प्रतिबद्धताहरू गरेको छः
- नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन,२०३७ को संशोधन ।
- नेपाल गुणस्तर (प्रमाण चिन्ह)नियमावली, २०३७ को संशोधन ।
- सम्पर्क इकाइको गठन ।
हालसम्म नेपाल सरकारले नेपाल गुणस्तर तथा नापतौल विभाग (NBSM) लाई व्यापार को प्राविधिक अवरोधको सम्पर्क इकाइको रूपमा तोकेको छ । राष्ट्रिय सम्पर्क इकाइहरूले देशका प्रविधि नियमहरू, परीक्षण पद्धतिहरू र विभिन्न अन्तर्राष्ट्रिय मापदण्डहरूसँग सामञ्जस्यता कायम गर्नेबारेको जानकारी
उपलब्ध गराउने उत्तरदायित्व निभाउँदछन् । नेपाल नापतौल (प्रमाणपत्र जारी गर्ने ऐन र
नियमावलीको संशोधन भने अझै विचाराधीन छ ।
राष्ट्रिय मापदण्ड तथा प्राविधिक आवश्यकताहरूको स्थापना र गुणस्तरीय परीक्षणको लागि प्रयोगशालाहरूको बन्दोबस्त प्रति उत्तरदायी हुनुबाहेक नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली प्रावधानहरूको संशोधनसँग सम्बन्धित व्यापारको प्राविधिक अवरोधको कार्यान्वयन प्रक्रियाको अनुगमन
गर्दछ । साथै यसले विश्व व्यापार संगठनको आबद्धता प्रक्रियामा सम्पर्क निकायको भूमिका निर्वाह गर्दछ । नेपाल गुणस्तर तथा नापतौल विभागको स्थापनादेखि नै यसले व्यापारको प्राविधिक अवरोधसँग
सम्बन्धित सूचना र जानकारीहरू प्रकाशित गरिरहेको छ, जस अन्तर्गत गुणस्तर का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचनाहरू, प्रविधिक ऐन नियमहरू तथा सुनिश्चितताका लागि लेखाजोखा विधि र अन्य सम्बन्धित जानकारीहरू पर्दछन् ।
नेपालका लागि व्यापारको प्राविधिक अवरोधको चुनौती र संभावना
सार्वजनिक तथा निजी क्षेत्रमा व्यापारको प्राविधिक अवरोध प्रावधानका बारेमा प्रर्याप्त जनचेतना नभएकाले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादनको निर्यातलाई सीमित गर्नुका साथै आन्तरिक बजारमा न्यून गुणस्तरका सामानहरूको आयातलाई प्रोत्साहन गरेको छ ।
विश्वका धेरै मुलुकहरूले भंसारद्वारा लागू गरिएका गुणस्तर तथा प्राविधिक कडा मापदण्डहरूका आधारमा आयात गरेका असुरक्षित तथा न्यून स्तरका उत्पादनहरूलाई रोक लगाउन आफ्ना अधिकार प्रयोग
गरिरहेका छन् । नेपाली उत्पादकहरूले यो प्रावधान पूरा गर्न समस्याहरू झेल्नु परिरहेको छ । नेपालमा पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय स्तरका परीक्षण प्रयोगशाला नभएकाले पनि समस्याले चर्को रूप लिएको हो
र त्यसैकारण आवश्यक गुणस्तरीय कागजात जारी गर्न नसकिएको हो । यी सुविधाहरूको अभावले गर्दा नेपालका उत्पादकहरूलाई खास गुणस्तर सुनिश्चित गर्न र नेपालबाट निर्यातका लागि उच्च संभावना वोकेका
विकसित मुलुकमा निर्यातका लागि चाहिने उच्च गुणस्तर तथा मापदण्डहरू पूरा गर्न समस्या परेको छ ।
नयाँ विदेशी ग्राहकहरू आकर्षित गर्न पर्याप्त गुणस्तरीय पूर्वाधारको निर्माण हुनु नितान्त आवश्यक छ । जवकी संघ संगठनहरूले उत्पादनहरू निर्यात गर्न विकसित देशका व्यापारको प्राविधिक अवरोध वारेका जानकारीहरूको प्रावधानमार्फत सहयोग गर्न‘का साथै प्रर्याप्त मात्रामा प्रभावकारी परीक्षण प्रयोगशालाहरूको
निर्माण गर्न सक्छन् । देशका विभिन्न भागमा रहेका निर्यातकर्ताहरूका लागि व्यापार को प्राविधिक अवरोध सम्झौताका विभिन्न व्यवस्थाहरूको महत्व र असरका वारेमा जनचेतना कार्यक्रमहरूले त्यस्ता चुनौतीहरूको कुशलतापूर्वक सामनाका लागि उत्पादकहरूको क्षमता अभिवृद्धि गर्न सक्छ । नेपाल सरकारले हाल एक औपचारिक वोर्डको गठन गर्न सो सम्बन्धी ऐन जारी गर्ने तयारी गरिरहेको छ । सो वोर्डले अन्य देशबाट
नेपाली प्रयोगशालाहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने कार्यमा उत्तरदायी भूमिका निर्वाह गर्नेछ ।
अर्कोतर्फ नेपालले व्यापारको प्राविधिक अवरोध सम्झौताका व्यवस्थाहरू अन्य देशका न्यूनस्तरीय र हानिकारक भएका कारण सस्तो भएका उत्पादनहरूबाट आफ्ना उपभोक्ता र उद्योगहरूको संरक्षण गर्नका लागि प्रयोग गर्न सक्छन् । अहिलेसम्म भन्सारमा पर्याप्त पूर्वाधार र व्यापारको प्राविधिक अवरोध
नीतिहरूको अभावले आन्तरिक बजारमा कम गुणस्तरका उत्पादनहरूले स्थान पाइरहेका छन् । यी समस्याहरूको निराकरण गर्न भन्सार अधिकृतहरूका लागि तालिम र सूचनाको व्यवस्था गरिनु नितान्त आवश्यक छ । व्यापारको प्राविधिक अवरोध र चिया खाद्यवस्तुसँग सम्बन्धित स्यानिटरी र फाइटोस्यानिटरी (SPS) मापदण्डहरूको प्रयोग सम्बन्धी सम्झौता खासगरी अन्तर्राष्ट्रिय बजारमा तिनका उत्पादन निर्यात गरिहेका नेपालका चिया उत्पादकहरूका लागि सान्दर्भिक रहेको छ । चियालाई धेरै देशहरूले
खाद्यवस्तुका रूपमा वर्गीकरण गरेका कारण स्यानिटरि र फाइटोस्यानिटरी मापदण्डका प्रावधानहरू चियामा समेत लागु हुन्छन् । तिनीहरूले अन्य कुराका अतिरिक्त तापक्रमको मात्रा, कीटनाशकको अधिकतम थिग्रो तह, भारी धातुजन्य समिश्रण तथा सूक्ष्म जैविक प्रदुषणमाथि ध्यान दिन्छन् । खासगरी नेपाली चिया निर्यातकर्ताहरूका लागि यो चुनौतीपूर्ण भएतापनि यी मापदण्डसँग सामञ्जस्यता सुनिश्चित गर्न जरुरी छ ।
सारांश
खासगरी नेपालका उपभोक्ताहरूले व्यापारको प्राविधिक अवरोधको सम्झौतामा भएका व्यवस्थाहरूको परिचालनबाट राम्रो फाइदा लिन सक्छन् । प्रभावकारी मापदण्ड र गुणस्तरले उपभोक्ताहरूको स्वास्थ्य र कल्याणकारीता मात्र संरक्षण गर्ने नभई गुणस्तरहीन हानिकारक तथा न्यून मूल्यका उत्पादनको आयातका कारण अस्वस्थ्य प्रतिस्पर्धाको मारमा परेका स्थानीय उत्पादकहरूले लाभ लिन सक्दछन् । नेपालका निर्यातकर्ताहरूले तिनीहरूसँग सामञ्जस्यता गरि विकसित देशहरूका उच्च माग भएका बजारहरूमा
सरल पहुँचका कारण लाभ पाउने मात्र हैन त्यहाँका उपभोक्ताहरूको विश्वास जितेर लाभ समेत लिन सक्दछन् ।
Rup Kumar BK and Dominik Berger
May, 2012
This article was published in Nepal Trade, Issue 3, May 2012, GIZ
No comments:
Post a Comment