धरहराको धैर्य


अचानक धरहरा बोलेझैं लाग्यो

"म उभिरहन्छु, कुरिरहन्छु
गर्मी, हिउँद, अँध्यारा अनि चिसा रातहरु; धुलो, तुवाँलो अनि भिडभाड माझ, म अत्तालिन्छु-निसास्सिन्छु- स्वास रोकिन्छ- म लगभग मर्छु 
मुर्छनामा अनि चेतनामा
म केवल उभिरहन्छु, कुरिरहन्छु 

बस, चाँदनीको एक झलक का खातिर !"

धरहरा को धैर्य देखेर म दङ्ग परिरहें.

No comments:

Post a Comment

Featured Post

An Evening in Patan

Despite being badly battered by the devastating earthquake, the Patan Durbar Square, one of the World Heritage Sites of Nepal, is slowly ri...